Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानमा डुङ्गा दुर्घटना : सात जनाको मृत्यु, १३ बेपत्ता

एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन्।

सोमबार कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै जाने क्रममा प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ ।

उद्धार टोलीले सात जनालाई पानीबाट मृत अवस्थामा निकालेको छ भने नदीमा बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ।

मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदी नाला र समथर भूभागमा पनि ठूलो बाढी आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077