Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० विश्वकप ट्रफी : आज सगरमाथा आधार शिविर पुर्‍याइँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको ट्रफी मंगलबारबाट नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिने भएको छ ।

युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी सोमबार नेपाल ल्याइएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिनेछ।

त्यसपछि मंगलबार दिउँसो नै समय अनुकुल भएमा राष्ट्रपति वा प्रधानमन्त्री कार्यलय लैजाने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

नेपालमा टी-२० विश्वकपको ट्रफी पहिलो पटक ल्याइएको हो। यसअघि २०१८ मा एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइएको थियो । ट्रफी नेपालबाट सिंगापुर लगिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077