Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हात्ती धपाउन खोज्दा एक जनाको मृत्यु भएको छ ।

गाउँ पसेको हात्ती धपाउन खोज्दा सोमबार बेलुकी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सिमलफाँटाकी २२ वर्षीया मीना जोशीको मृत्यु भएको हो ।

हात्तीका बथान गाउँ पसेपछि उनी धपाउन गएकी थिइन्। हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीका बथान धपाउन खोज्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077