Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पशुपतिमा महँगो मोबाइल र बहुमूल्य गहना लगाएर नजान प्रहरीको अनुरोध

    पशुपतिमा महँगो मोबाइल र बहुमूल्य गहना लगाएर नजान प्रहरीको अनुरोध

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 798
    SHARES

    काठमाडौं । मंगलबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपतिनाथमा भक्तजनको सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    कमाण्ड सेन्टर स्थापना गरेर सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पशुपति क्षेत्रको सुरक्षामा २४ सय प्रहरी परिचालन गरिएको छ ।



    पुरुष प्रहरी १४ सय र महिला प्रहरी १ हजार जना परिचालन गरिएको छ । भक्तजनको सुरक्षाका लागी एक सिफ्टमा १२ सय प्रहरी खटिन्छन् । पशुपति दर्शन गर्न जानेहरूलाई महंगो मोबाइल नबोक्न र गहना लगाएर नजान प्रहरीले अनुरोध गरेको छ ।



    पाकेटमारी र लुटपाट हुनबाट जोगिन प्रहरीले बहुमूल्य गहना नलगाउन र महंगो मोबाइल नबोक्न अनुरोध गरेको हो । पशुपति क्षेत्रमा प्रहरीले सिसिटिभी युनिट र एम्बुलेन्स स्ट्याण्डबाई राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार