Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हाउजीमा धाँधली गरेको भन्दै भद्रपुर मेलामा झडप हुँदा दुई जना घाइते

झापा। भद्रपुरमा सञ्चालित रमाइलो मेलामा दुई पक्षबीच कुटाकुट भएको छ । मेलामा सोमबार राती खेलाएको हाउजी (बिङ्गो तम्बोला)मा धाँधली भएको भन्दै विवाद बढेपछि आयोजक समिति र सर्वधारणबीच कुटाकुट भएको हो।

आयोजकको कुटपिटबाट दुई जना युवक घाइते भएका छन्। घाइते हुनेहरूमा भद्रपुर-६ निवासी सुरेश माझी र भद्रपुर-४ निवासी आकाश राजवंशी रहेको प्रहरीले जनाएको छ।

उनीहरूको अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो। घटना विवरण अनुसार मेला आयोजक समिति भद्रपुर युवा परिवारले सोमबार बेलुका खेलाइएको हाउजीको प्रथम पुरस्कार स्कुटर राखेका थिए।

हाउजी खेल गएका सर्वसाधारणले प्रति टिकट ७ सय रुपैयाँ खरिद गरेका थिए।केही दिनअघि पनि हाउजी खेलाउने व्यक्तिले गलत नम्बर उद्घोष गरेपछि मेलामा बबाल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077