Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीजको नाच हेर्ने क्रममा ‘ग्याङ फाइट', एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा तीजको नाच हेर्ने क्रममा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१०, बामेखोला पटानटोलमा मंगलबार राति युवाबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिए ।

'स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदै छ,' उनले भने, 'मृतकको टाउकोमा गम्भीर चोट छ ।' घटनामा संलग्नको पहिचान र खोजी कार्य जारी रहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077