Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सत्ता गठबन्धनको सीट बाँडफाडको फाइनल गर्नुअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै पदाधिकारी सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ ।

यस्तै बैठकमा पूर्व पदाधिकारीलाई समेत सहभागी गराएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा हुने तालमेलका विषयमा रणनीति बनाउन काँग्रेस नेताहरु बसेर छलफल जारी राखेका हुन् ।

सत्ता गठबन्धनमा सीट बाँडफाडका विषयमा सहमति हुन नसेकेको अवस्थामा कांग्रेस शीर्ष नेताहरु बसेर गाठो फुकाउने प्रयास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077