Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक स्थान खस्कियो नेपालको टी–ट्वान्टी वरीयता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बनेको छ ।

सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । एकदिवसीयमा नेपाल १९ औं स्थानमा छ । टी–ट्वान्टी वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077