Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सीट बाँडफाँटमा बाहिर आएजस्तो धेरै ठुलो विवाद छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा बाहिर आएजस्तो सीट बाँडफाँटमा विवाद नभएको बताएका छन् ।

पार्टी सम्पर्क समन्वय प्रदेशको बैठकलाई केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले सीट बाँडफाँटमा धेरै ठुलो विवाद नभएकाले यहीँ गठबन्धनलाई बलियो गरेर जाने प्रष्ट पारेका छन् ।

प्रचण्डले भने, ‘ तपाईहरुले बाहिर जे सुन्नुभएको छ । सीट बाँडफाँटमा समस्या भयो । यस्तो भयो उस्तो भयो । त्यस्तो कुनै ठुलो विवाद छैन । यो गठबन्धन चुनावसम्म जान्छ।’

सत्ता गठबन्धनबाट बाहिर जाने विषयमा पार्टीले सोच्दै नसोचिएको प्रचण्डले प्रष्ट पारेका छन् । प्रदेश समन्वय समितिले प्रदेश र संघमा नाम सिफारिस गर्दा समानुपातिक समावेशीका आधारमा योग्य, सक्षम र चुनाव जित्न सक्ने नाम सिफारिस गर्न प्रचण्डले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077