Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सम्पत्ति शुद्धिकरण निवारणमा नेपालको प्रगति कमजोर

    सम्पत्ति शुद्धिकरण निवारणमा नेपालको प्रगति कमजोर

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारणविरुद्ध नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धताअनुसार प्रगति नभएका कारण नेपाल फेरि कालोसूचीमा पर्ने जोखिम बढेको छ ।

    स्रोत नखुलेको सम्पत्तिलाई कानुनी दायरामा ल्याउने र त्यस्ता घटना निगरानी गर्ने निकाय कमजोर हुदाँ नेपाल सम्पत्ति शुद्धिकरणमा कालोसूचीमा पर्ने जोखिम बढेको उच्च अघिकारीहरूको धारणा छ ।



    नेपालले आफ्ना अन्तर्राष्ट्रिय बाचाअनुरुप गर्नुपर्ने सुधारका कार्यहरूको प्रगति कमजोर तथा ढिलाइले सम्पत्ति शुद्धिकरणको मामिलामा विश्वभरका मुलुकलाई निगरानी राख्ने फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूह (एपीजी) को अडिट र मूल्यांकनमा असफल हुने जोखिम रहेको अधिकारीहरूको भनाई छ ।



    नेपाल एफएटीएफ अन्तर्गतको एपीजीको समूहमा पर्छ । गत असारमा सुरु भएको नेपालको अडिट सकिन १८ महिना लाग्छ । मूल्यांकनकै क्रममा एपीजीको टोली नेपालको स्थलगत अनुगमनमा २६ असोजका काठमाडौं आउँदै छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार