Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सम्पत्ति शुद्धिकरणको जोखिमबाट तत्कालका लागि नेपाल बच्यो, एक वर्षको म्याद

    सम्पत्ति शुद्धिकरणको जोखिमबाट तत्कालका लागि नेपाल बच्यो, एक वर्षको म्याद

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 615
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको नकारात्मक सूचीमा पर्नबाट नेपाल जोगिएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने (एफएटीएफ) ले सर्तसहित नेपाललाई सुध्रिन समय दिएपछि तत्कालका लागि नेपाल बचेको हो ।

    तोकिएको समयभित्र आवश्यक सबै क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि गत असार अन्तिम साता (जुलाई ९–१४) क्यानडामा भएको एफएटीएफ २३औं वार्षिक साधारणसभाले सर्तसहित नेपाललाई सुध्रिनको लागि एक वर्षको समय थपिएको छ ।



    कार्यक्रममा नेपालको प्रतिरक्षा गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा करिब ३० जनाको नेपाली टोली गत असार तेस्रो साता क्यानडा गएको थियो । टोली बुधबार स्वदेश फर्किंदै छ ।



    सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा न्यूनतम सुधारका काम हुन नसक्दा नेपाल नकारात्मक सूचीमा पर्ने जोखिम थियो । विशेषगरी नेपालका सहकारी, घरजग्गा र बिमा क्षेत्रका गतिविधिमा अन्तर्राष्ट्रिय निकायको आशंका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार