Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

मुख्य पाइपलाईनबाट युरोपमा ग्याँस पठाउन बन्द

एजेन्सी । युरोपमा ग्याँस आपूर्ति गर्ने मुख्य पाइपलाईनहरु रुसले पूर्ण रुपमा बन्द गरेको छ ।

राज्य नियन्त्रित ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले तीन दिनका लागि भन्दै नोर्डस्टिम वानबाट ग्याँस आपूर्ति ठप्प पारेको हो ।

रुसको सेन्टपिटर्सवर्गबाट बाल्टिक समुद्रमुनि हुँदै पूर्वी जर्मनी पुग्ने १२ सय किलोमिटर लामो यो ग्याँस पाइपलाईनबाट प्रतिदिन १ सय ७० क्यविक मिटर ग्याँस आपूर्ति हुने गर्दछ ।

गत जुलाइमा पनि मर्मतका लागि भन्दै यो ग्याँसलाइन १० दिन बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077