काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेको समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको छ ।
स्थानीय चुनावमा केही ठाउँको परिणाम देखेर हौसिएका स्वतन्त्र उम्मेदवार संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारीमा छन् ।
यसको नेतृत्व सुमन सायमीले गरेका छन् ।
ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित अभियानको घोषणा समारोहमा साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको हो ।
नेपालको झण्डा ओढेर उम्मेदवारहरू सार्वजनिक भएका थिए ।