Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनको २४ घन्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो मनोरञ्जन कर

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ।

भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि कर तिरेको हो ।

मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ।

यस्तै, फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ।

महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि मनोरञ्जन कर मात्र बुझाएको हो।

पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले‍ २४ घन्टे अल्टिमेटम दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077