Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोहितको कप्तानीमा केन्याविरुद्ध एकदिवसीय सिरिज खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । आजको खेलमा नेपालको कप्तानी रोहित कुमार पौड्यलले गर्ने भएका छन् ।

राष्ट्रिय टोलीका उप–कप्तान रोहितले एकदिवसीय सिरिज कप्तानी गर्ने भएका हुन् । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।

अजाको खेलमा जित निकाल्दै नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । केन्याविरुद्धको टी–ट्वान्टी सिरिज जितेको नेपाल एकदिवसीय सिरिज पनि जित्ने योजनामा छ ।

नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । यता केन्या पनि एकदिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ ।

केन्याविरुद्धको एकदिवसीय सिरिजमा रोहितको कप्तानीमा खेल्ने भएको हो । नेपालका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुग्दा रोहितले कप्तननी गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077