Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोरखा १ मा प्रचण्ड, २ बाट नारायणकाजी उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने बताइरहेका बेला गोरखा माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ।

माओवादी केन्द्र गोरखाले अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ।

गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077