Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जन्मकैदको सजाय तोकिएका ३७ वर्षीय दिप्सन कारागार चलान

विराटनगर । ज्यान मुद्दामा जन्मकैदको सजाय ठहर भएका प्रतिवादीलाई प्रहरीले झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिलेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ घर भएका ३७ वर्षीय दिप्सन लावती छन् । उनलाई प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको हो ।

अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढीमा चलान गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले २०६३ असोज ३ मा उनलाई जन्मकैद ठहर गरेको थियो ।

पुनरावेदन अदालत र सर्वोच्च अदालतले पनि जिल्लाको फैसलालाई सदर गरेको छ ।

सो मुद्दामा लावतीले १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरेका छन् । अब उनले १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077