Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रेल दुर्घटनामा परी पाकिस्तानमा १९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ।

केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ।

पहिरोका कारण सडकमा क्षति पुगेको छ। यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन्। यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि २४ जनाको ज्यान गएको बताइएको छ।

विपद् व्यवस्थापन प्राधिकरणले रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077