Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेसले जम्मै सोहोर्ने प्रवृत्ति नत्यागे गठबन्धन हुँदैन : माधव नेपाल

कास्की । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसमा सबै सोहोर्ने बानी भएको आरोप लगाएका छन्।

नेपाल आदिवासी जनजाति महासंघ समाजवादी कास्की जिल्ला स्तरीय भेलाको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

काँग्रेसमा भए जति सबै सोहोर्ने प्रवृत्ति रहेको उनले आरोप लगाए। कांग्रेसले गठबन्धन भन्ने तर भए जति र पाए जति सबै लिन खोजेको उनले बताए ।

नेपालले कांग्रेसले जम्मै सोहोर्ने प्रवृत्ति नत्यागे गठबन्धन नहुने बताए। अध्यक्ष नेपालले गठबन्धनको आश गरेर नबस्न कार्यकर्तालाई निर्देशन दिए।

गठबन्धनका लागि अन्तिमसम्म पनि प्रयास गर्ने तर त्यसैका लागि भनेर स्थानीय तहमा जस्तो कुरेर नबस्ने उनले चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077