Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

छ वर्षीया बालिकालाई बलात्कार गरेका दीपक २५ वर्षपछि पक्राउ

काठमाडौं । छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेको एक व्यक्तिलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरी परिसर भक्तपुरले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ४० वर्षीय दीपक तुल्सीव्याखोलाई पक्राउ गरेको हो ।

उनी भक्तपुर नगरपालिका–११ क्वाछेका बासिन्दा हुन् ।

सर्वोच्च अदालतले २०६३ साल माघ ८ गते उनलाई ८ वर्ष कैद र उनको अंशको आधा भागसहित बालिकालाई भराइदिने फैसला गरेको थियो ।

अदालतको फैसलाअघि नै उनी फरार भएका थिए । प्रहरीले उनलाई पोखरामा व्यवसाय गरेर बसेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077