Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भरुवा बन्दुकसहित धनगढीबाट राना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

भरुवा बन्दुक एक थान, गन्दक आठ सय ग्राम, बारुद एक सय ग्राम र छर्रा १२ पिससहित शुक्रबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त हातहतियारहरू फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077