Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक हुबहु पारित

काठमाडौं । राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभाबाट पनि बहुमतबाट विधेयक पारित भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक( २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

यसअघि प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । तर, पुनर्विचारका लागि फिर्ता भएको विधेयक हुबहु पारित भएको हो ।

संसदका दुवै सदनबाट पास भएको विधेयक अब प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ जानेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भए विधेयकले कानुनको रुप लिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077