Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादवको अस्थिर चुनावी यात्रा

काठमाडौं । उपेन्द्र यादवको चुनावी यात्रा हेर्दा स्थिर देखिंदैन । उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ। २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी फेरि तिनै दुई जिल्लाबाट उम्मेदवार भए । त्यो चुनावमा उनले मोरङमा हारे, सुनसरीमा जिते। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी(२ बाट निर्वाचित भए।

२०७४ सालको चुनावअघि भएको भारतीय नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन-२०७२ मा सप्तरी तातेको थियो। नयाँ संविधानमा मधेसको अधिकार काटिएको भन्दै भएको आन्दोलनमा सप्तरी भारदहका राजीव राउत मारिए।

एमालेको चुनावी अभियानका क्रममा सप्तरीको मलेठमा पाँचजना मारिए। जसका कारण मधेसीको मन र मत दुवै उपेन्द्रतर्फ पोखिएको स्थानीय बताउँछन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077