Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गर्भवती भएपछि प्रेमिकाको हत्या गरेको खुलासा, दुई वर्षपछि पक्राउ परे प्रेमी

बुटवल । प्रेमिकालाई जंगलमा लगेर हत्या गरी फरार आरोपितलाई दुई वर्षपछि पक्राउ गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका-७ का ३६ वर्षीय काशीराम मुराउलाई रूपन्देहीबाट पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय, सालझन्डीका अनुसार हत्याको झन्डै २ वर्षपछि अभियुक्त मुराउलाई पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा अनुसन्धान थालिएको छ । भदौ १६ मा पक्राउ परेका उनलाई प्रारम्भिक अनुसन्धानपछि सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

मुराउले अवैध गर्भ रहेपछि ७ महिनाको गर्भसहित ३४ वर्षीय वसन्ती भन्ने धनकुमारी अर्यालको हत्या गरेका थिए । उनी गुल्मीको साबिक अर्खवाङ गाविस–२ घरभई रुपन्देही तिलोत्तमा नगरपालिका३ मा बस्दै आएकी थिइन् ।

प्रहरीले २०७७ माघ १० गते सैनामैना नगरपालिका ११ शितलापुर फायर लाइनमा महिलाको शव फेला पारेको थियो । झन्डै २ वर्षपछि महिलाको सनाखत भएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077