Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई वर्षअघि महिलाको हत्या गर्ने काशीराम पक्राउ

रुपन्देही । दुई वर्षअघि रुपन्देहीको सालझण्डीस्थित फायरलाइन जंगलमा एक महिलाको हत्या गर्ने व्यक्ति पक्राउ परका छन् ।

२०७७ साल फागुन १० गते गुल्मी अर्खवाङ घर भई रुपन्देहीको तिलोत्तममा बस्ने वर्ष ३४ की बसन्ती भनिने धनकुमारी अर्यालको हत्या गर्ने कपिलवस्तुको शिवराज नगरपालिका-७ बस्ने काशीराम मुराउ पक्राउ परेका हुन् ।

अनैतिक सम्बन्धका कारण मृतक अर्यालको पेटमा गर्भ बसेपछि काशीरामले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक अर्याललाई मुराउले घाँटी थिचेर हत्या गरी जंगलमा रुखमा बाँधेर छोडेका थिए ।

शव गलिसकेको अवस्थामा अर्यालको शव भेटिएको थियो । उनको दुई वर्षअघि नै अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077