Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नक्कली नोट बनाउने ६९ बण्डल कागजसहित लामा पक्राउ

सर्लाही । सीमावर्ती क्षेत्र बहादुरपुरबाट ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद भएको छ । जिल्लाको गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले ठुलो परिमाणमा नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको हो ।

बिओपी बहादुरपुरबाट खटिएको टोलीले नक्कली नोट बनाउने कागजसहित नुवाकोटको ककनी गाउँपालिकाका ३२ बर्षका हिरामान लामालाई पक्राउ गरेको छ।

स्कोरपियोमा सीमावर्ति भगवतीपुर बजारतर्फ जाँदै गरेका लामालाई रोकेर गाडीको डिकी चेक गर्ने क्रममा नक्कली नोट बनाउने कागज बरामद भएको हो। प्रहरीका अनुसार कार्टुन बक्समा प्याक गरेको अवस्थामा नगद रु ४० हजार र सय दरका नक्कली नोट बनाउने ६९ बण्डल कागज बरामद भएको हो।

यस्तै पक्राउ परेका लामाको साथबाट रु १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको एक थान चेकसहित दुई थान चेक, एकरएक थान पासपोर्ट, बिलबुक र मोवाइल तथा दुई थान एटिएम कार्ड र नागरिकतासमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामालाई बरामद सामाग्रीसहित ईलाका प्रहरी कार्यलय गडहिया ढुमरिया बुझाईएको सशस्त्र प्रहरी १० नम्बर कविलासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077