Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेसभित्रको किचलोका कारण सिट बाँडफाँट टुंगिएन : अध्यक्ष नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसभित्रको किचलोका कारण आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्ने काम नटुंगिएको बताएका छन् ।

शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालले केही दिनभित्रै गठबन्धनमा आबद्ध दलहरूले सिट बाँडफाँटको विषय टुंगो लगाउने बताएका हुन् ।

आगामी निर्वाचनका लागि गठबन्धनभित्र दल सिट बाँडफाँटबारे सहमति जुटाउने प्रयास भइरहेको छ । तर, सबै दलले आफ्नो अडान नछाडेकाले सहमति जुटिसकेको छैन ।

खासगरी कांग्रेसभित्र संस्थापन पक्षइतर समूहले १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न नहुने अडान राखिरहेको छ ।

सोही अवस्थाप्रति लक्षित गर्दै अध्यक्ष नेपालले कांग्रेसको आन्तरिक किचलोका कारण सिट बाँडफाँटको विषय टुंग्याउन नसकिएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077