Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विप्लव समूहका एक दर्जन नेता कांग्रेस प्रवेश

काठमाडौं । नेकपा विप्लव समूहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्।

नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका

केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दीपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत नेपाली कांग्रेसका प्रवेश गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077