Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हिन्दु राष्ट्रको आवाज बुलन्द पार्न राप्रपा नेपाल संसदमा पुग्नुपर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश संकटमा रहेको वर्तमान अवस्थामा जनता राजावादी र गणतन्त्रवादीमा विभाजित हुने बेला नभएको बताएका छन् ।

राप्रपा नेपाल काठमाडौंद्वारा आयोजित बृहद् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

अहिलेको समयमा सबै मिलेर देशलाई जोगाउनु पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै थापाले देश जोगाउने कार्यको नेतृत्व राप्रपा नेपालले लिनेमा आफू विश्वस्त रहेको बताए ।

निष्ठापूर्वक हिन्दुराष्ट्रको मुद्दा उठाउने एक मात्र दल राप्रपा नेपाल भएको ठोकुवा गर्दै हिन्दु राष्ट्रको बीउ जोगाउन पनि आगामी निर्वाचनमा राप्रपा नेपाललाई संसदमा पुर्‍याउन आवश्यक रहेको उनले बताए।

यदि यसो हुन नसकेमा नेपालमा हिन्दु राष्ट्र पुनस्र्थापनाको मुद्दा पनि सदाको लागि मर्ने भएकोले राष्ट्र र राष्ट्रियताप्रति सजग आमजनता समयमै सचेत हुनुपर्ने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077