Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रोत नखुलेको साढे ३९ लाख नगदसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं । श्रोत नखुलेको साढे ३९ लाख रुपियाँसहित नागढुङ्गास्थित चेक प्वाइन्टबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका-६ का २२ वर्षीय टीकाराम भट्टराई रहेका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकप्वाइन्टमा ड्यूटीमा खटिएको प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा सवार भट्टराईले ल्याएको कम्ब्याट झोलाभित्र ३९ लाख ५० हजार पाँच रुपियाँ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी परिसर काठमाडौंका अनुसार उनको साथबाट मोबाइल एक थान, हरियो रङको आर्मी कम्ब्याट झोला एक थान बरामद गरिएको छ ।

उक्त सामानसहित भट्टराईमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ । भट्टराईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077