Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मकवानपुरमा अति भारी वर्षा मापन, सर्तकता अपनाउन अनुरोध

काठमाडौं । मकवानपुरमा गए राति अति भारी वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा भारी वर्षा मापन गरिएको हो ।

मकवानपुरका कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका साना खोलामा आकस्मिक बहाव हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र आसपासका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । मरिन खोला, रिउ खोलालगायत उक्त जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077