Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा भूकम्प बीमाबारे बहस भइरहेका बेला भूकम्प गएपछि...

एजेन्सी ।  कहिलेकाही जुन विषयमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौ त्यही घटना भइदिन्छ । प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो । संसदमा भूकम्प बीमामा बहस भइरहेको थियो, त्यहीबेला भूकम्प गयो ।

देशको संस्द ल्यान्डट्यागले सार्वजनिक गरेको एउटा भिडियो अनुसार भूकम्प बीमाबारे बहस भइरहका बेला केही मिनेटको अन्तरमा दुई पटक भूकम्प गएका थिए ।

प्रोग्रेसिभ सिटिजन्स पार्टी (एफबीपी) की सांसद बेटिना पेटजोल्ड महर संसदमा बोलिरहदा भूकम्प गएको थियो । भिडियोमा पहिलो भूकम्प जाँदा उनी हाँसिरहकी देखिन्छिन् ।

तर लगत्तै आएका दोस्रो भूकम्पले भने उनीहरूको होस हवास उडेको थियो । दोस्रो भूकम्पले संसद भवन हल्लिन थालेपछि पेटजोल्ड आत्तिदै भवनको सिलिङ र दायँ वायाँ हेरेको देखिन्छिन् ।

दोस्रो भूकम्पपछि तत्कालै संसद बैठक स्थगित भएको थियो भने संसदहरु छिटो छिटो भवनबाहिर निस्किएका थिए । युरोन्युजका अनुसार पहिलो भूकम्प २ दशमलब ४ र दोस्रो ३ दशमलब ९ म्याग्निच्युडको थियो ।

दोस्रो भूकम्पको गहिराई १९ किलोमिटर थियो । उक्त भूकम्प अस्ट्रेलिया, स्विट्जरल्यान्ड र जर्मनीसम्म महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077