Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान

काठमाडौं  । मृगौला बेचेको आरोपमा पक्राउ परेका ४ जना कारागार चलान भएका छन् ।

नुवाकोट छहरेका एक युवकलाई जबरजस्ती भारतको कलकत्ताको मुकुन्दपुर पुर्‍याएर उनको मिर्गौला बिक्री गरेको आरोपमा ४ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि कारागार पठाएको हो ।

कारागार पठाइएकामा शिवपुरी गाउँपालिका–७ ४६ वर्षीय ‘बाँदरे’ भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार र ३० वर्षीय ‘सानु’ भन्ने सुवास नेपाली छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले उनीहरूलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको थियो ।

उनीहरूले भारतको एउटा मःमः पसलमा मासिक ३० हजार पारिश्रमिक पाउने गरी जागिर लगाइदिने भन्दै पीडितलाई भारतको कलकत्ताको मुकुन्दपुरमा रहेको रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याएपछि ती युवकलाई बेहोस बनाउने सुई लगाएर मिर्गौला निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077