Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दलहरूमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा गैराराजनीतिक चरित्र हाबी भएको बताएका छन् ।

आइतबार काठमाडौंमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालले भने, ‘देशप्रतिको भावना, जनताप्रतिको समर्पण भाव, लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको आत्मसातीकरणबारे आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ ।’

गैरराजनीतिक चरित्र हाबी भएकै कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोतसाधन उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको उनले बताए ।

उनले दूरगामी चिन्तन राख्ने काम सर्वहारा वर्गको भएको भन्दै त्यसको अगुवा कम्युनिस्ट पार्टीका नेताहरू हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077