Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ६ अंकले बढ्यो, कारोबार रकम १ अर्ब ७ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ६.६८ अंकले बढेको छ ।

आज ०.३४ प्रतिशतले बढेर १९७७.३० को बिन्दुमा पुगेको छ ।

आज २२७ कम्पनी २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच भएको छ । आज कूल १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले बढेर ३८३.७७ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको समूहगत सूचक बढेको छ भने ४ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077