Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटार प्रकरणमा गच्छदार निर्दोष र माधव नेपाल दोषी रहेको महतको दाबी

काठमाडौं। बालुवाटार प्रकरणमा विजयकुमार गच्छदार निर्दोष र माधव नेपाल दोषी रहेको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णयमा गच्छदारभन्दा पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल जिम्मेवार हुने बताएका हुन्।

महतले भने, ‘विजय गच्छदार निर्दोष हुनुहुन्छ, त्यो मन्त्रीस्तरीय निर्णय होइन ।

मन्त्रिपरिषद्ले गरेको निर्णय हो र उहाँले प्रधानमन्त्रीको निर्देशन मानेको मात्र हो । माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रधानमन्त्रीले नभनी मन्त्रिपरिषद्को निर्णय हुँदैन ।’

महतले अहिले गच्छदारलाई आरोप लगाइए पनि प्रमाणित नभएकाले भ्रष्टाचार भनेर निष्कर्षमा पुग्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077