Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डकैतीमा संलग्न दुई जना बन्दुक र गोलीसहित पक्राउ

वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रा।लिमा शनिबार मध्यरातमा डकैती गर्न गएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं-९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नं-१० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका छन् ।

प्रहरीले घटनास्थलबाट २ थान गोलीसहित कटुवा बन्दुक र भरूवा बन्दुक समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुर सिमरा–२३ भलुही मा रहेको एरोटेक प्रा।लि।मा शनिबारराति १०/१२ जनाको समूहले हात–हतियारसहित प्रवेश गरी धनमाल लुटि रहेको खबर प्रहरीलाई आएको थियो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077