Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदको कार्यकाल लम्ब्याउने गरी ल्याउन खोजिएको विधेयक बदनियतपूर्ण : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले ल्याउन खोजेको विधेयक बदनियतपूर्ण रहेको टिप्पणी गरेका छन् ।

सोमवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै अध्यक्ष थापाले यस्तो जनविरोधी कार्य तत्काल रोकिनुपर्ने समेत बताएका छन् ।

अध्यक्ष थापाले भनेका छन्,'जनताको सर्वोच्चता र संविधानको भावना विपरित प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने गरि सरकारले ल्याउन खोजेको विधेयक बदनियतपूर्ण छ।यस्तो जनविरोधी कार्य तत्काल रोकिनुपर्छ।'

उनले उम्मेदवारी दर्ता गरेपछि स्वतस् पदावधि समाप्त हुने भन्दै यसतर्फ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077