Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ब्राउन सुगर बरामद गर्न जाँदा १० लाख स्रोत नखुलेको रकम फेला

झापा । लागुऔषध ब्राउन सुगर बरामद गर्न पुगेको प्रहरीले स्रोत नखुलेको साढे १० लाख बढी रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम रहेका छन् ।

इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली विशेष सूचनाको आधारमा अप्सराको घरमा लागुऔषध खनतलास गर्न पुगेको थियो।

अप्सराको घरमा लागुऔषध बरामद नभए पनि ब्राउन सुगर नाप्ने मिनी डिजिटल तराजु दुई थान र नगद १० लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077