Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

२ लाखमा मानिस बेच्ने शत्रुधन २० वर्षपछि पक्राउ

बारा । जिउ मास्ने तथा डाँका मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाराले २० वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले बाराको करेइमाई गाउँपालिका ३ का शत्रुधन साह कानुलाई पक्राउ गरेको हो ।

कानुलाई महागढीमाई नगरपालिका १० गन्जभवानीपुरबाट भदौ १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कानुले २०५९ साल जेठ ३१ गते बारा कलैयाका देवेन्द्रप्रसाद केशरीलाई बेलुका ७ बजे अपहरण गरेर भारतमा लगेर २ लाख बिक्री गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077