Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १८ वटा देशका लागि राजदूत नियुक्त

    १८ वटा देशका लागि राजदूत नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 840
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले विभिन्न १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

    पछिल्लो समय एकैपटक रिक्त रहेका २० वटा देशका दूतावासमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    अब मलेसियाका लागि राजदूत सिफारिस भएका डिल्लीराज पोखरेल र म्यानमारका लागि राजदूत सिफारिस भएका हरिश्चन्द्र घिमिरेको मात्र पदस्थापन हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।



    उहाँहरुको प्रक्रिया पनि अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक सरकार परिवर्तन र कार्यकाल समाप्तिका कारण २० देशका दूतावास एकैपटक खाली भएका थिए ।

    नेपालले विश्वका १९५ देशमध्ये ३० देशमा आवासीय राजदूतको राख्ने व्यवस्था गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार