Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मस्कोमा भएको आतङ्कवादी हमलाको सरकारद्वारा निन्दा

    मस्कोमा भएको आतङ्कवादी हमलाको सरकारद्वारा निन्दा

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 246
    SHARES

    काठमाडौं । रुसको राजधानी मस्कोमा शुक्रवार साङ्गीतिक कार्यक्रममा भएको आतङ्कवादी हमलाको नेपाल सरकारले निन्दा गरेको छ ।

    परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको हो।



    आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको सरकारले जनाएको छ ।



    विज्ञप्तिमा उल्लेख छ,’नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भर्त्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ ।’

    नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    साथै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानूनी कठघरामा ल्याउन सरकारले माग गरेको छ ।

    मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा भएको गोलाबारी हुँदा ६० जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार