Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रुस सरकारलाई परराष्ट्र मन्त्रालयले भन्यो – सेनामा नेपाली युवा भर्ती नगर, भएकालाई तत्काल फर्काऊ

    रुस सरकारलाई परराष्ट्र मन्त्रालयले भन्यो – सेनामा नेपाली युवा भर्ती नगर, भएकालाई तत्काल फर्काऊ

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 903
    SHARES

    काठमाडौं । रूसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन र अबका दिनमा नेपाली युवाहरुलाई सेनामा भर्ती नगर्न परराष्ट्र मन्त्रालयले रुस सरकारलाई पत्र पठाएको छ ।

    रूसी सेनामा भर्ती भई युक्रेनको युद्धमा ६ जना नेपाली मारिएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले रूसी सेनामा भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन पत्र पठाएको हो ।



    रूसी सेनामा कम्तीमा ५ सय नेपाली भर्ना भएको अनुमान गरिएको छ । नेपालले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न समेत अनुरोध गरेको छ । नेपालले भारत र बेलायतसँग मात्रै सेनामा भर्ती गर्न पाउने सम्झौता छ ।



    ‘नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रूसी सरकारलाई अनुरोध गरिएको छ,’ परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी रूसी सेनामा भर्ना भइ हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ । त्यस्तै सरकारले रूस जान रोक लगाएको छ ।

    यस्तै परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत ६ जना नेपाली युवाको रुस–युद्धका क्रममा मृत्यु भएको पुष्टि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार