Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कानुनमन्त्री कोइरालाको आक्रोश – न्यायपालिका र परराष्ट्र नीतिबारे जथाभावी नबोल्नुस्

    कानुनमन्त्री कोइरालाको आक्रोश – न्यायपालिका र परराष्ट्र नीतिबारे जथाभावी नबोल्नुस्

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले जिम्मेवार ठाउँमा बसेर ‘काम चलाउ’ सरकारको कुरा नगर्न प्रतिपक्ष सांसदहरुलाई आग्रह गरेका छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । उनले सवाल कुन खालको लोकतन्त्रको अभ्यास भइरहेको छ भन्ने प्रमुख रहेको भन्दै एकछिनको न्यानो नहेर्न आग्रह गरे ।



    उनले अहिलेको प्रमुख प्रतिपक्षलाई एक छिनको न्यानो नहेरेर तीनवटा कुरामा हल्का टिप्पणी गर्नु जिम्मेवार नहुने बताए ।



    उनले हमेशा परमादेशी सरकार भनिरहेको भन्दै नेपालको संविधानले अदालतलाई दिएको अधिकार सर्वोच्चले प्रयोग गरेर गरेको फैसलालाई लिएर व्याख्यात्मक रुपमा प्रश्न गरिन्छ भने कस्तो खालको न्यायपालिकाको कल्पना गरिएको हो भनेर प्रश्न गरे ।

    उनले संवैधानिक प्रक्रियाबाट यो सरकार बनेको भन्दै सोही अनुसार प्रमुख प्रतिपक्ष पनि प्रतिपक्षको हैसियतमा बसिरहेको बताए ।

    उनले परराष्ट्र नीतिका बारेमा पनि जथाभावी बोल्ने गरेकोमा उनले आपत्ति जनाए । उनले यस्तै तरिका भए प्रजातान्त्रिक संवैधानिक संस्थाहरु खत्तम भए हामी कहाँ पुग्छौ भन्दै प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार