Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • खुमलटार पुगेर गृहमन्त्री खाँण र कानुनमन्त्री गोविन्दले भेटे प्रचण्ड, के भयो कुराकानी ?

    खुमलटार पुगेर गृहमन्त्री खाँण र कानुनमन्त्री गोविन्दले भेटे प्रचण्ड, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 843
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

    खुमलटार पुगेर मन्त्रीद्वय खाँण र शर्माले आज बिहान प्रचण्डलाई भेटेका हुन् । उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।



    भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले बताए ।



    प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग कुराकानी भएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार