Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कम्युनिस्ट र वामपन्थी शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन प्रधानमन्त्रीको अपिल

    कम्युनिस्ट र वामपन्थी शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन प्रधानमन्त्रीको अपिल

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 285
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् ।

    लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा उनले शुभकामना सन्देशमार्फत समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन वामपन्थी प्रगतिशील शक्तिलाई अपील गरेका हुन्।



    नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको उनको भनाई छ।



    ‘लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। वर्गसंघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको छ।’ शुभकामनामा भनिएको छ‘ यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ।’

    प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार