Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिवेदन लिपिबद्ध गर्न बाँकी

    कार्यदल बैठक : गठबन्धनभित्र सिट बाँडफाँट सहमति नजिक, कांग्रेस ८६ सिटमा सहमत

    कार्यदल बैठक : गठबन्धनभित्र सिट बाँडफाँट सहमति नजिक, कांग्रेस ८६ सिटमा सहमत

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 678
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक सकिएको छ ।

    कार्यदलमा सिट बाँडफाँटको विषयमा करिब करिब सहमति भइसकेको र लिपिवद्ध गर्न बाँकी रहेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    स्रोतका अनुसार कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । तर, सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले सिट संख्याबारे भने जानकारी दिएनन् ।



    आफूहरूबीच सहमति भइसकेपनि सिट संख्याको विवरण अहिले नै सार्वजनिक गर्न हतार हुने उनले बताए । अब भोलि प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाइने उनको भनाई छ । कार्यदलको अर्को बैठक बुधबार अपराह्न ५ बजे बस्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार