Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 891
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिट बाँडफाँटबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।

    कार्यदलले बिहीबार सिट बाँडफाँट नगरी शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन ।



    कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । गठबन्धनका दलहरुबीच सहमति जुट्न नसक्दा सिट बाँडफाँटको विषयमा झन झन पेचिलो बन्दै गएको छ।



    बिहीबार दिनभरको कसरतपछि सरकारका प्रवक्ता समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बाँकी छलफल गरेर शीर्ष नेताहरुले टुंगो लगाउने जानकारी दिएका थिए ।

    कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर प्रतिवेदन बुझाएको थियो । यद्यपी सिट बाँडफाँट भने भएको छैन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार