Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनार्दन शर्माले अश्वीकार गरे उपमहासचिव पद

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेकपा (माओवादी केन्द्र) को उपमहासचिव पद अश्वीकार गरेका छन् ।

देव गुरुङलाई महासचिव बनाउने निर्णयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ज गरेका शर्माले बुधबार अध्यक्ष प्रचण्ड उपस्थित कार्यक्रममै आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएका बताए ।

अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमका सञ्चालक महासचिव दिपेश पुनले शर्मालाई पार्टी उपमहासचिवको रूपमा सम्बोधनका लागि निम्त्याएका थिए । तर, उनले छैटौं उपमहासचिवको प्रसंग निकाल्दै आफू संगठन विभाग प्रमुखको रुपमा बोल्न उभिएको बताए ।

पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भनेका छन्, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’

महासचिव चयनमा असहमति जनाएका शर्माले उपमहासचिव पद अश्वीकार गर्ने भने पनि सार्वजनिक रुपमा उनले बुधवार सो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077