Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दशैँका लागि असाेज १ गतेदेखि बसकाे अग्रिम टिकट खुला हुने

    दशैँका लागि असाेज १ गतेदेखि बसकाे अग्रिम टिकट खुला हुने

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 795
    SHARES

    काठमाण्डौ । दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट खुला हुने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले असोज १ गतेदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको हो ।



    असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका गाडीको अग्रिम टिकट खुलाउने र यसका लागि पूर्वतयारीका काम सुरु गर्ने सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए।



    दशैँमा यात्रुलाई सास्ती नहोस् भनेर सडक विभागले मर्मत गर्ने, यात्रु र गाडीको सहजीकरणका लागि ट्राफिक प्रहरीले समन्वय गर्ने र भाडा पुनरावलोकनलगायतका विषयमा मन्त्रालय र विभागले पहल गर्ने सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार